Logo

५ असार,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सासद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनशक्ति थप गर्नका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएमं)को कामलाई अघि बढाएको बताए ।

मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरूको दबाब आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरू अगाडि बढाएका छौँ । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । मलाई लाग्छ–माननीयज्युहरुको दबाब र समग्र माननीयज्युहरुको चाहना अनुरूप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री यादवले सरकारी अस्पतालहरूमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाईका साथ अघि बढाएको दाबी समेत गरे ।


सम्बन्धित समाचार