Logo

६ असार,वीरगञ्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिले गौ हत्या वा तस्करी,धर्म–परिवर्तन र सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी देवताको फोटो दुरूपयोग बारे आज पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडियो साहेब) दिनेश सागर भुसाल लाई ज्ञापन–पत्र बुझाएको छ।

हिन्दू समाजका सोझा साझा आमाबुवा,दाजुभाई, दीदीबहीनी लाई रोग निको गरने बहानामा विभिन्न प्रलोभन दिन क्रिशचन बनाउने कार्य भई रहेको हुदा सो समूह लाई पक्राऊ गरी कड़ा कारवाही गर्न नेपाल जनता पार्टी जिल्ला समिति पर्सा मांग गरेको छ। धरै धर्म–परिवर्तन समाज र मुलुकको लागी राम्रो संकेत होइन्।

साथै लुकिछिपी गौ हत्या र तस्करी भई रहेको बारे समेत सीडÞियो साहेब लाई नेजपाले ध्यान आकर्षण गराएको थियो। सनातन हिन्दू समाजले गौ लाई माताको रुपमा पूजापाठ गरने गरेका छन।

साथै सरकारी, गैर सरकारी,निजी क्षेत्रले हिन्दू देवी देवताको फोटो लाई दुरूपयोग गरी रहेको बारे समेत ध्यान आकर्षण नेजपा गराएको थियो।प्राय सीडी,कुना कापचा,फोहर राखने ठाऊमा फोटो राखेको पाइनछ।

नेपालको संबिधानले धर्म–परिवर्तन,गौ हत्या वा तस्करी, सरकारी वा निजी क्षेत्रमा हिन्दू देवी देवताको अपमान गर्यो भने कड़ा कानूनी कारवाहीको व्यवस्था रहेकोले गलत कार्य गरने लाई कारवाही गरन् मांग नेजपा गरेको छ।
सीडियो कार्यालय पर्सा गरेको टोलीमा नेजपाका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्य अधिवक्ता बिनोद कुर्मी, मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी,रामप्रसाद कुर्मी, विभा साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी,उपाध्यक्ष धीरज साह, महामंत्री नवीन मिश्रा, जिल्ला सदस्यहर संतोष कुशवाहा,प्रमोद शर्मा, पिउस गुप्ता, सामंत कुमार दीप सहभागी रहेका थिए।

ज्ञापन–पत्र बुझदै सीडियो साहेबले भने दोषी लाई कानूनी बमोजिम कारवाही गर्छु र आफनो तरफ बाट रचनात्मक भुमिका निर्वाह गर्छु भन्ने बचा गर्नुभयो।


सम्बन्धित समाचार