Logo

६ असार,वीरगञ्ज । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए।

बिहिवार मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम –२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए।

मुख्यमन्त्री सिंहले भने, ’आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकोमा यसले समाजमा ठुलो परिवर्तन ल्याउने विश्वास रहेको छ। बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरुले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।’

उनले ट्राफिक नियमको पालना गर्न र गराउनको लागि आग्रह गरे । बस चालकले सवारी सधानको अवस्था बारेमा पूर्व जानकारी राख्नुपर्ने टिप्पणी गरेको छ।

भित्री सडकमा बढ्दो चाप, सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरीको एकाइहरुको अभाव ट्राफिक वस्वस्थानका अभाव, अटो तथा रिक्साहरुको व्यवस्थापनमा समस्या, हुलाकी तथा भित्री सडकहरुमा सिसिसटभी नहुँदा दुर्घटनाको सङ्ख्या बढ्दै गरेको उल्लेख गरे । कार्यक्रममा करिव २० वटा विद्यालयहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार