Logo

७ असार, वीरगञ्ज । पर्सा प्रहरीले १० लाख मूल्य बराबरका भारतीय मल नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको भारतीय मल अनाधिकृतरूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा छापामारी गरी प्रहरीले मल नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ बैष्णोदेवी मन्दिर अगाडीको बृज किशोर महतोको घरमा छापामारा मार्दा उक्त परिमाणमा भारतीय मल बरामद भएको प्रहरीले जनाएको छ ।

कोठा भाडामा लिइ नवलपरासीको कावासोती नगरपालिका वडा नं.९ बस्ने वर्ष ६२ को ज्ञान बहादुर महतोले सञ्चालन गरेको गोदाममा लुकाइछिपाइ राखिएको अवस्थामा मल बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले पुष्टि गर्नुभयो ।

गोदामबाट प्रतिबोरा ५० केजीका दरले ७१२ बोरामा भारतीय मल नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार मल र गोदाम सञ्चालक ज्ञान बहादुरलाई समेत पक्राउ गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


सम्बन्धित समाचार