Logo

८ असार,काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्।

इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा सहभागी हुन ३ जना सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे प्रस्थान गर्न लागेको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीको बैठकमा भाग लिनेछन्। श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने छन्।


सम्बन्धित समाचार