Logo

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षमा आजीवन पत्रकारिता गरेका जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था मिलाउने कार्यक्रम ल्याएको छ । महानगरले शनिबार आगामी आर्थिक वर्ष ०८१÷ ०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पत्रकार लक्षित ५ वटा कार्यक्रम ल्याएको हो ।

महानगरबाट गरिने ६३ बुँदे नीति तथा कार्यक्रमहरुमध्ये ५ वटा कार्यक्रम पत्रकार लक्षित कार्यक्रम महानगरका मेयर राजेशमान सिंहले प्रस्तुत गरेका हुन । यसैगरी सञ्चार गृह र पत्रकारहरुलाई विपत्का बेला आवश्यक सहयोग उपलब्ध गराउन विपत् राहत कोषको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ भने महानगरमा दर्ता तथा संचालनमा रहेका सञ्चार माध्यमको लागि समानुपातिक ढंगले वितरण हुने लोक कल्याणकारी विज्ञापनको व्यवस्थालाई निरन्तरता दिने भनेको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि गरिएको सहयोगलाई निरन्तरता दिएको छ ।
पाँचौं नम्बरमा राष्ट्रिय समाचार समितिबाट नेपाली र अंग्रेजी भाषामा मात्रै समाचार बुलेटिन प्रकाशित÷प्रशारित हुँदै आएकोमा बीरगन्ज महानगरको सहयोगमा भोजपुरी भाषामा पनि बुलेटिन प्रकाशन÷ प्रशारण गराउने नीति तथा कार्यक्रममा ल्याएको छ ।


सम्बन्धित समाचार