Logo

८ असार,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । नगरपालिकाको ९ औँ नगरसभाबाट आर्थिक वर्ष ०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो ।

नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा नगरपालिकाको सभाकक्षमा सम्पन्न नगरसभाबाट आगामी वर्षका लागि ६४ करोड ७२ लाख ३६ हजार रुपैँयाको अनुमानित बजेट उपप्रमुख नजमु शेहरले प्रस्तुत गरिन् । जसमध्ये वित्तिय समानिकरण अनुदान १३ करोड ६५ लाख, राजस्व बाडँफाँड ११ करोड २७ लाख, संघीय सरकारबाट प्राप्त हुने सशर्त÷समपुरक, विशेष अनुदानतर्फ २६ करोड ३० लाख ३६ हजार, आन्तरिक स्रोत ८ करोड, सडक बोर्ड ५० लाख, राष्ट्रिय योजना आयोग ५ करोड रुपैँया अनुमान गरिएको छ ।

बजेटमा आर्थिक एवम् बिकासका कार्यलाई तिव्र पार्ने, नगरपालिकाको लोक कल्याणकारी भुमिकालाई सुदूढ बनाउने, सामाजिक सुरक्षा एवम् संरक्षण प्रदान गर्ने, सार्वजनिक स्रोत साधनलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्दै उत्थानशिल नगरपालिका घोषणा गर्ने लगायतका समावेश गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत जयनारायण प्रसाद यादवले स्वागत गरेको नगर सभालाई स्वास्थ्यकर्मी मनु यादवेन्द्रले सन्चालन गरेकी थिइन् । कार्यक्रममा नगरपालिकाको वडा नं. १ देखि ११ सम्मका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायत लेखा अधिकृत गोविन्द कोईराला, पूर्व प्रशासकिय अधिकृत विरेन्द्र साह, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी गोलागन्जका प्रहरी निरिक्षक माधव प्रसाद ढुङेल, नगर प्रहरी प्रमुख रबिन्द्र यादव, जिन्सी शाखाका सुरेश यादव, पशु शाखाका शेख अन्सारुल लगागत सन्चारकर्मीहरु समेतको उल्लेख्य उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार