Logo

८ असार,सेढवा । मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा रहेको पर्साको ठोरी गाउँपालिकामा घुम्ने स्थानको रुपमा अर्को एउटा गन्तव्य थपिएको छ । गाँउपालिकाको वडा नं २ का ‘ताल खोला’ अहिले पर्यटकीय स्थलको रुपमा परिचित भएको हो ।

यो खोला इच्छानगर भन्दा करिब चार सय मिटर जंगल भित्र पर्दछ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको स्थानीय युवा रोशन तिमल्सिनाले बताए । बढ्दो गर्मीबिच पर्यटकहरु खोलामा नुहाउन आउने र घण्टौँ रमाउने उनको भनाइ छ । स्वदेशी पर्यटकहरुको साथै भारतको बेतियादेखि राजधानी दिल्लीसम्मका पर्यटकहरु त्यहाँ आउने उनले जनाए । ताल खोलाको पानी नजिकै जमिनमुनीको मुहानबाट आउने गर्दछ ।

खोलाको पानी सफा र चिसो हुनाले पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । खोलामा तीन फिट गहिरो पानी र सतहमा ढुङ्गा रहेकाले पानीमा फोहर तथा हिलो नहुने पर्यटकहरुको भनाई छ । पिउठान घर भई सखुवाप्रसौनी गाँउपालिकास्थित नेरा माबि देउरवानाका शिक्षक खुमबहादुर घर्ती मगरले यो खोलामा रमाउन पाउँदा निकै रमाइलो भएको बताए ।

उखरमाउलो गर्मीबिच ताल खोलाको पानीमा आधा घण्टाभन्दा बढि नुहाएको उनको भनाइ थियो ।


सम्बन्धित समाचार