Logo

९ असार, काठमाडौं । नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् ।

विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले पाँच लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए ।

नेपाल आइडलको पाँचौँ संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।


सम्बन्धित समाचार