Logo

९ असार, काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ ।

वर्षाका कारण बाढीले बगाउँदा जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका हुन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय कुशे गाउँपालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेको बताइएको छ ।

यस्तै बाढीमा परेर घाइते भएका कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे– १ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउनेको उद्धार गरिएको जनाइएको छ ।


सम्बन्धित समाचार