Logo

९ असार,गाजा । गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना मारिएको र थुप्रै घाइते भएको हमासले जनाएको छ ।

इजरायली सेनाले भने वारप्लेन मार्फत् हमासको मिलिटरी पूर्वाधार क्षेत्रमा आक्रमण गरिएको र घटनाको विस्तृत विवरण पछि जानकारी गराउने जनाएको छ ।

गाजाको सिभिल डिफेन्सका एक प्रवक्ताले अल साती क्षेत्रको आवासीय ब्लकमा आक्रमण भएको र सो क्षेत्र गाजाको शरणार्थी शिविर भएको जनाएका छन् । अर्को आक्रमण गरिएको क्षेत्र अल तुफाह जिल्लाका घरहरू भएको जनाइएको छ ।

सो क्षेत्रमा मानिसले घाइतेहरूलाई लिएर गइरहेको र क्षतिग्रस्त क्षेत्रमा जीवित खोज्ने काम गरिरहेको फुटेज देखिएका छन् । बाटोहरू धुलोले ढाकिएको जनाइएको छ ।

इजरायली सञ्चार माध्यमले सो आक्रमण हमासका वरिष्ठ नेताहरू लक्षित भएको हुन सक्ने जनाएका छन् । गाजा क्षेत्रका सिभिल डिफेन्स प्रवक्ता हुसेन मुहाइसेनले सो आक्रमण ‘भूकम्प’ जस्तै भएको जनाएका छन् । बीबीसी


सम्बन्धित समाचार