Logo

९ असार,काठमाडौं । चुरे संरक्षणको लागि विशेष योजना ल्याउन नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले सरकारसँग माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी रहेको उनको भनाइ थियो ।
त्यसका लागि वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी बताउदै सांसद पौडेलले चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्न आग्रह गरे ।

उनले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै सुरू गर्नुपर्ने बताए ।
चुरे मानवीय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने औल्याए । उनले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्नेमा उनको जोड छ ।

चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भए पनि सरकारको त्यसतर्फ ध्यान नगएको उनको भनाइ छ ।


सम्बन्धित समाचार