Logo

९ असार,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र १३ औँ गाउँ सभा सम्पन्न भएको छ ।

वडा नं ४ मा रहेका गुदरबाबा मन्दिर परिसरमा आयोजित कार्यक्रममा गाउपालिका उपाध्यक्ष ममता महतोले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता एवम् समाजसेवी तथा बुद्धिजीवी परमेश्वर गौरोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष महतोले अगामी बर्षका लागि अनुमानित ४९ करोड ११ लाख रुपैयाको बजेट सार्वजनिक गरेका छन् ।

जसमा संघीय तथा प्रदेश सरकारको बितिय सम्मानिकरण अनुदानबाट १० करोड १२ लाख १५ हजार रुपैया, शसर्त अनुदान अन्तर्गत १८ करोड ८ लाख रुपँैया बिनियोजन गरिएका छन् । त्यस्तै बिशेष अनुदान तर्फ राजश्व बाटफाटबाट ९ करोड ६६ लाख ५० हजार रुपैँया आन्तरिक आयमा २ करोड १५ लाख रुपैया अनुमानित आय रहेका छन् । त्यस्तै सामाजिक सुरक्षातर्फ ९ करोड गरी ४९ करोड ११ लाख रुपैयाको बजेट बिनियोजन गरिएका छन् ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने, आखा अस्पताल निर्णाम लगायतका ठूला योजनाहरुमा लगानी गरिने नितिमा छ । यसका साथै शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन बिकास ,भौतिक निर्माण तथा स्थानीय कता संस्कृतिको बिकास एवम संरक्षण गर्ने योजनाहरुमा बिशेष जोड दिएका छन् ।

कार्यक्रममा दुग्ध उत्पादन किसान, तरकारी उत्पादक किसान, अन्न उत्पादक किसान तथा बिभिन्न तहका उत्कृष्ट छात्रछात्रालाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएका थिए ।


सम्बन्धित समाचार