९ असार, सेढवा । पर्साको जिराभवानी गाँउपालिकाले आर्थिक बर्ष २०८१/०८२ सालको निति तथा कार्यक्रम सार्वजनिकरण गरेका छन। वडा नं ३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा निति तथा कार्यक्रम सम्पन्न गरेका छन। गाउपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगामी आर्थिक बर्षका निति तथा कार्यक्रम गाउपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेका थिए। आगामी आबको निति अन्तर्गत जिराभवानी गाँउपालिकाले शिक्षा , कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखेका छन। गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिने योजना रहेका छन।
पालिकामा बिद्यालय बाहिर रहेका हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन।
यसका साथै उपाध्यक्ष चौधरीले अगामी बर्षमा किसानहरुलाई बिभिन्न किसिम्मका खेती गर्न सहज हुने गरी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।दिनहु बढिरहेको खडेरीका अवस्थामा सिचाईका लागि दमकल प्रयोग गर्दा निकै खर्चिलो भएका कारणले गाउपालिकाले अगामी बर्षमा बिद्युतिय सिचाईका कार्यक्रम यस पाली सम्पन्न गर्ने योजना रहेका छन। यसका साथै सिचाईका स्रोत अन्तर्गतका नदी, खोलामा स साना सिचाईका आयोजना संचालनमा ल्याउने जनाइएका छन। साथै बिभिन्न कारणले सुक्दै गएका पानीको मुहानको संरक्षण तथा संबर्धन गरिने निति रहेका छन। यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने उपाध्यक्ष चौधरीले बताईन। पालिकाका पाचै वडाहरुमा नया कृषि सडक निर्माण गरिने निति रहेका छन।
सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेंस सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने योजना रहेका छन। गाँउपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी निति रहेका छन ।
यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति रहेका छन। साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने निति रहेका छन।
यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएका छन।
वातावरण अनुकलताका कारण हुने शितलहृर, आगलागी, बाढी , अत्यधिक गर्मी लगायतका जोखिमबाट जोगिन पूर्व तैयारीका कार्यक्रम ल्याइने योजना रहेका छन।
अगामी आर्थिक बर्षका लागि अनुमानित ४५ करोड ८० लाख रुपैयाको बजेट बिनियोजन गरिएका जनाईएका छन। कार्यक्रममा जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, शिक्षा अधिकृत, स्वास्थ्य शाखा प्रमुख, लेखा प्रमुख तथा अन्य कर्मचारीहरुको सहभागिता रहेका थिए।