Logo

१० असार,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको नगरसभामा विवाद भएपछि सभा स्थगित भएको छ । नगरसभा सुरु भएलगत्तै एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विरोध जनाएर तोडफोडमा उत्रिएपछि सभा स्थगित भएको हो ।

बजेट पेस गर्ने दिन आज बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोध जनाएका थिए । नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा आउनासाथ विवादमा उत्रिएका थिए । सोही क्रममा उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल तोडफोड समेत गरेका छन् । वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।

तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्ता लगायतका थिए ।

मेयर पौडेले प्रक्रियागत रुपले आफूले नगरसभा सञ्चालन गरेको बताएका छन् । उनले नीति तथा कार्यक्रम र बजेट प्रक्रियागत रुपले ल्याएर नगरसभा सम्पन्न गरेको दाबी गरेका छन् । यहि क्रममा केहि जनप्रतिनिधिहरु आएर हुलदङगा गरेको उनको प्रस्टोक्ति छ ।


सम्बन्धित समाचार