१० असार,काठमाडौं। काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन्।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेको छ। त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन्। त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएको छ। जसमा ढलरहित नदीलगायत रहेका छन्।
काठमाडौं महानगरले गत वर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो। चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिएकी छन्।
महानगरले गत वर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो।