Logo

११ असार,वीरगञ्ज । हालको वीरगञ्ज ठोरी सडक खण्डमा पर्ने वीरगञ्जबाट सुवर्णपुरसम्म बस सेवा सन्चालन गर्न नेतृत्व गरेका पुर्व गाविस अध्यक्षको आज निधन भएको छ । २०५१ सालमा गण्डक नहरको बाटो हुँदै जानकीटोलाबाट वैदेही बसलाई सुवर्णपुर सम्म पुर्याउने तत्कालीन सुवर्णपुर गाविस अध्यक्ष कर्ण बहादुर कार्कीको ७३ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

वि.सं. २०४९ मा सम्पन्न स्थानीय निकायको चुनावमा एमालेका उम्मेदवार कार्कीले गाविस अध्यक्ष पदमा चुनाव जितेका थिए । त्यसअघि पञ्चायतमा २ पटक जनपक्षीय उम्मेदवार भएर सुवर्णपुरमा नै उपप्रधानपञ्चको चुनाव जितेका कार्कीले नै २०५० सालदेखि सुवर्णपुरसम्म बस सेवा सन्चालन गर्ने अभियान थालेका थिए । बिरगंजबाट सुवर्णपुरसम्म बस सेवा सन्चालन भएपछि सोही बस सेवाले नै पछि बिरगंजलाई हालको ठोरी गापासंग सडक सन्जालमार्फत् जोडेको थियो ।

इमानदार छवि बनाएका कार्कीको जन्म २००८ सालमा रामेछापमा भएको थियो । कार्कीले २०४९ देखि २०५२ सम्म सुवर्णपुरको ज्ञानवाटिका माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर समेत काम गर्नुभएको थियो । पुर्व गाविस अध्यक्ष कार्कीको निधनमा ठोरी गापाले आज १ दिनका लागि पालिका मातहतको कार्यालय र विद्यालयमा शोक बिदा दिएको छ ।


सम्बन्धित समाचार