Logo

१२ असार, काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्ड’ले करणलाई गितार उपहार दिएर सम्मान गरेका हुन् ।

खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रचण्डले बताए ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार