Logo

१२ असार,काठमाडौं। सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन्।

हाल सुनमा लगाइएको अव्यहारिक भन्सार बृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौं न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रदर्शनका क्रममा पसल बन्द गर्दै विरोध जनाएका छन्।

उनीहरुले अव्यवहारिक सुनको भन्सार बृद्धिका कारण उपभोक्तालाई महँगो पर्ने, कालीगढहरुलाई विस्थापित गर्ने अवस्था निर्माण भएको जनाएका छन्।

त्यस्तै भन्सारबृद्धिका साथै गहनामा बिलासिता कर लगाउने निर्णयको विरोध गर्दै शान्तिपूर्ण पदयात्रा गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए। त्यस्तै सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशिका, ऐन तुरुन्त लागू गर्नुपर्ने माग पनि आफुहरुको रहेको उहाले जानकारी दिए।

त्यस्तै व्यवसायीहरुले सुनचाँदीमा आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य केहि व्यवसायीहरुले गरेको भन्दै त्यसको समेत विरोध समेत गरेका छन्।


सम्बन्धित समाचार