Logo

१३ असार, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

फतुवा बिजयपुर १ का बिजयकुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका जिल्ला न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।

फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।


सम्बन्धित समाचार