Logo

१३ असार,वीरगञ्ज । मधेश प्रदेशका एकसय भन्दा बढी पालिकाले मन्त्रालयको बेवसाइटमा बजेट प्रविष्ट गरेका छैनन् ।

पालिकाले समयमै बजेट ल्याएपनि प्रदेशका १०८ पालिकाले मन्त्रालयको बेवसाइटमा बजेट प्रविष्ट नगरेका हुन् ।

नगरपालिकाहरुले बजेट पारित गरेलगत्तै संघीय मामिला तथा सामान्य मन्त्रालयको बेवसाइटमा अनिवार्य प्रविष्ट गर्नुपर्ने हुन्छ । तर प्रदेशका अधिकांश पालिकाहरुले यो समाचार तयार पार्दा सम्म मन्त्रालयको बेवसाइटमा बजेट प्रविष्ट गरेका छैनन् ।

१५९ वटा स्थानीय पालिकाहरु रहेको मधेस प्रदेशमा १०८ पालिकाले अहिलेसम्म बजेट प्रविष्ट गरेका छैनन् । यद्यपि केहि पालिकाहरुले आजसम्म पनि नीति तथा कार्यक्रम पेश गरी बजेटसम्म सार्वजनिक गर्न सकेका छैनन् ।

ती मध्ये प्रदेशका ५१ पालिकाले मात्र बेवसाइटमा बजेट प्रविष्ट गरेका छन् ।

बजेट प्रविष्ट गर्ने पालिकाहरुमा बाराका ७, रौतहटका ५, सर्लाही ११, महोत्तरी ८, धनुषा ८, सिरहा ५ र सप्तरी ७ वटा पालिका रहेका छन् ।


सम्बन्धित समाचार