Logo

१३ असार,वीरगञ्ज । पर्साका ७ राजनीतिक दलहरुले वीरगञ्ज महानगरको रामवन बस्ती खाली गर्ने सूचनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझएका छन् ।

जिल्ला वन कार्यालयले बस्ती खाली गर्न जारी गरेको १५ दिने सूचनालाई मध्यनजर गर्दै पर्साका ७ राजनीतिक दलहरुले सिडिओ दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले ज्ञापन पत्रमा भनेका छन्,‘ रामवनमा अहिले सरकारले चिडियाँखाना र सैनिक तालिक केन्द्र निर्माण गर्न लागेको छ, त्यसैका लागि बस्तीमा बसोबास गर्नेहरुलाई बस्ती खाली गर्न १५ दिन सूचना जारी गरिएको छ ।

तर ४०/५० वर्षदेखि बस्दै आइरहेका १२० घरधुरीकाहरुको लागि वैकल्पिक व्यवस्था गरिएको छैन । त्यसकारण मानव बस्तीलाइ जोगाइ बस्तीको सर्वोत्तम हित हुने गरी निर्माण कार्य अगाडि बढाउन माग छ ।’ रामवनको बस्तीमा स्कुल, सरकारी भवन, निजी भवन रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बस्ती जोगाएर निर्माणका कार्य अगाडि बढाउन पहल गर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्र बुझाउन जाने दलहरुमा जिल्लाका नेपाली कांग्रेस, रास्वपा, एमाले, राप्रपा, जसपा नेपाल, नागरिक उन्मुक्ति र लोसपा रहेका छन् ।


सम्बन्धित समाचार