Logo

१४असार,वीरगञ्ज । मधेश प्रदेशका तीन जिल्लाबाट दुइ दिनमा प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, सिरहा र सर्लाही गरी तीन जिल्लाबाट २ दिनमा तीन जनालाई लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले  जिल्लामा चलाएको छ्डके जाँचका क्रममा तीन जनालाई पक्राउ गरेको मधेश प्रहरीले जानकारी दिएको छ ।

मधेश प्रहरीका अनुसार गएको बुधबार पर्सा बीरगन्ज महानगरपालिका १७ अलौंबाट अढाइ किलोग्राम लागु औषध गाँजासहित बहुदरमाई नगरपालिकाको फुलकौल निवासी विशेश्वर प्रसाद यादव पक्राउ परेका छन् । प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई राकेर जाँच गर्ने क्रममा लागु औषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरीसिरहा बरियारपट्टी गाउँपालिका ३ हवल्दार चोक स्थितबाट लागु औषध कोडिवेल ६० बोतल, नाइट्राभेट ट्याब्लेट ३० पिस (२ पता) सहित जिल्ला उदयपुर कटारी नगरपालिका ४ निवासी मुकेश मल्लिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सर्लाही, मलंगवा नगरपालिका ७ स्थितबाट लागु औषध नाइट्राभेट–१० ट्याब्लेट १८० पिस (१२ पात्ता) सहित लालबन्दी नगरपालिका वडा नम्बर १ निवासी रोशन खड्कालाई बिहीबार दिउँसो गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जनालाई सम्बन्धित जिल्लामा राखेर लागु औषध कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बडाइएको मधेश प्रहरी प्रवक्तन सुवास चन्द्र बोहोराले बताए ।


सम्बन्धित समाचार