Logo

१४असार,वीरगञ्ज । बाराको आधाभार स्थित  पथलैया हेटौंडा सडकखण्डको पिच समयमा सम्पन्न नहुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ । सडक निर्माणको क्रममा रहेकोले आवत जावतको लागि बनाईएको वैकल्पिक डाईभर्सन बर्षातले हिलाम्य भएपछि सवारी साधन आवत जावतमा समस्या भएको हो ।

अधाभारदेखि अमलेखगञ्जसम्मको तीन किलोमिटर सडक हेटौंडाको सडक विभागले चौधरी निर्माण सेवालाई ठेक्का दिएको हो । ३ करोड ५० लाख बराबरको सडक यहि असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएकोले ठेकेदारले निर्माण जारीराखेपनि वैकल्पिक बाटो डाईभर्सन राम्रो नबनाइदिँदा सवारी दुर्घटनाको जोखिम रहेको चालकहरुले गुनासो गरेका छन् ।

मुख्य सडक निर्माण हुदै गर्दा छेउबाट बनाईएको डाईभर्सनमा पानीले खाल्डाखुल्डी परेको र सवारी सञ्चालनमा समस्या भएको चालकहरुको गुनासो छ । डाभईर्सन राम्रो नबनाएका कारण पानीमा खाल्डाखुल्डी पर्ने र घाम लागेमा धुलाम्य हुने गरेको छ ।

डाईभर्सनबाट दैनिक आवत जावत गर्ने सवारीसाधन र चालकहरुलाई समस्या भएपनि सडक विभाग हेडौडा कार्यालय मुकदर्शक बनेको सवारी चालकहरुको गुनासो छ । सडकको अवस्थाको बारेमा सडक विभाग हेटौंडाका प्रमुख इञ्जिनियर राजेश यादवसँग जानकारी लिँदा ठेकेदार कम्पनीले यहि असार मसान्तसम्म काम सक्ने गरी काम गरिरहेको भएपनि अहिले पानी परेपछि भने सडकको पिच गर्न रोक लगाएको बताउनुभयो ।

उहाँले सबैक पिचको काम सकिएको भएपनि अब एक तह माथिबाट पिच गर्नुपर्ने मात्रै काम बाँकी रहेको र एक दुई दिनमा त्यो पनि सम्पन्न हुने प्रतिक्रिया दिनुभयो । उहाँले पिच सम्पन्न गर्न सबै तयारी अवस्थामा राखिएको भएपनि पानी परेपछि पिच गर्न सडक विभागले नै रोकेको बताउनुभयो ।


सम्बन्धित समाचार