Logo

१५ असार, जनकपुर । मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको अवस्था खस्केकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको “विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय” विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुनु चिन्ताको विषय भएको बताए ।

उनले मधेश प्रदेशमा ४० प्रतिशत् भन्दा धेरै बालबालिका विद्यालय बाहिर रहनु अर्को चिन्ताको विषय भएको बताए ।

सबै मिलेर विद्यालय बाहिरका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने तथा टिकाउने काम गर्न जरुरी रहेको उनको भनाई छ ।

शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा देवी थापाले कुनै बेला मधेश प्रदेश देशमा नै शिक्षाको दृष्टिकोणले अग्रणी भए पनि अहिले पछाडि पर्नु निक्कै चिन्ताको विषय भएको बताउँदै माध्यमिक शिक्षा सुधारका लागि प्रदेश मातहत ल्याउन जरुरी रहेको बताईन् ।


सम्बन्धित समाचार