Logo

१५ असार, वीरगन्ज। पर्सामा मानवअधिकार उल्लंघनको घटना अभिलेखमा प्रहरीले बेवास्ता गरेको गुनासो आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पूर्व गरिएको अर्द्धबार्षिक समिक्षामा सहभागीहरुले यस्तो गुनासो गरेको हो ।

 

 

 

 

 

 

कार्यक्रममा इन्सेकको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला प्रतिनिधि शम्भु कुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ वटा मानवअधिकारको घटना अभिलेख भएको जानकारी दिए ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यार्थीमाथि भएको कुटपिटको घटनामा आरोपित शिक्षक गिरफ्तार, आरोपित विरुद्ध उजुरी, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार भएको, दाईजोको विषयमा विवाद हुँदा बेहुुला सहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको घटना अभिलेख रहेको छ ।

त्यस्तै बालकलाई घर निर्माणको काममा लगाएको आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट र दुर्व्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधि प्रयोग गरेको आरोपमा प्रवन्ध निर्देशक र डाक्टर गिरफ्तारको घटना पनि अभिलेख गरिएको इन्सेकका प्रतिनिधि सुमनले जानकारी दिए ।

त्यसैगरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, हत्या घटनाका आरोपितहरु विरुद्ध उजुरी, यौन दुव्र्यवहार, बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी, हत्या घटनाका आरोपित फरार पक्राउ, र पत्रकारमा प्रहरीद्वारा भएको दुव्र्यवहारको पनि घटना इन्सेकमा अभिलेख गरिएको सुमनले बताए ।

यसबाहेक जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मानव अधिकार उल्लंघनका घटनाहरुको विषयमा खासै अभिलेख उपलब्ध नभएको उनको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरु उपस्थिति नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले बताए ।

दलित अधिकारकर्मी बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, पूर्व उपाध्यक्ष धु्रव साह लगायत सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार