Logo

१६ असार, वीरगञ्ज । एसईई परिक्षामा वीरगञ्ज महानगरपालिकाबाट ५४.७६ प्रतिशत् विद्यार्थी उत्तिर्ण भएका छन् ।

२०८० चैत्र १५ देखि २७ चैत्र सम्म संचालन भएको परिक्षामा वीरगञ्जबाट सहभागी ५ हजार २८७ विद्यार्थी मध्ये २ हजार ८ सय ६७ जना उत्तिर्ण भएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जानकारी दिएको छ ।

वीरगन्ज अन्तर्गतका ६१ वटा संस्थागतबाट १ हजार ९ सय १० जना विद्यार्थीले परिक्षा दिएकोमा १ हजार ७ सय २४ जना अर्थात ९०.२६ प्रतिशत् उत्तिर्ण भएका छन् ।

भने २० वटा सामुदायिक विद्यालयबाट कुल ३ हजार ३ सय २५ जनामा १ हजार १ सय ४३ जना अर्थात ३४.३७ प्रतिशत् विद्यार्थी उत्तिर्ण भएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यथार्थ नतिजा समयमा जानकारी नहुँदा र सामाजिक सञ्जालमा पाेष्ट गरिएका नतिजाहरूले अभिभावक र विद्यार्थीलाई अन्याेलता सृजना गरेकाे थियाे ।

शिक्षा विकास समन्वय ईकाई पर्साले जिल्लाभरकाे नतिजा नदिदा जिल्लाका विद्यार्थी र अभिभावक अझै अन्याेलमा रहेका छन् ।

शिक्षा विकास समन्वय इकाईले अझै नतिजा सार्वजनिक गरेकाे छैन ।


सम्बन्धित समाचार