Logo

१६ असार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् कानून बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।

६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा संघीय संसद् सचिवालयको समन्वयमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

“कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ”, सभामुख घिमिरेले भने । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्न सकेमा महत्त्वपूर्ण हुने बताए ।

पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखीकरण गर्ने काम गरिरहेको उनले बताए ।


सम्बन्धित समाचार