Logo

१६ असार,वीरगञ्ज । महोत्तरीमा शनिबार साँँझ भएको एक सवारी दुर्घटनाबाट ८ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेको अभियुक्तलाई प्रहरीले फेला पारेको छ ।

महोत्तरीको साम्सी गाउँपालिकाको वडा नम्बर ५ मा भएको दुर्घटनाबाट प्रहरीले सशस्त्र प्रहरीका असइ थमन विकको हत्यामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले असइ थमन विकको हत्याका फरार अभियुक्त पूर्व प्रदेश सांसद कौशल कुमार यादवलाइ पक्राउ गरिएको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवारले बताए ।

उनका अनुसार पक्राउ परेका यादव ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त थिए । दुर्घटनामा सोधपुछ गर्ने क्रममा उनको पहिचान खुलेपछि तत्कालै उनलाई नियन्त्रणमा लिइएको प्रहरी बताउँछ ।
पक्राउ परेका यादवमाथि महोत्तरी जिल्ला अदालतले लोसपा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनामाथि जन्मकैदको फैसला भएको छ ।

मुद्दा दर्ता भएपछि लोसपा नेता एवम पूर्व प्रदेश सांसद यादव फरार रहेका थिए । शनिवार साँझ भारतीय नम्बरको डीएल ३ सीएवाइ ८६१५ नम्बरको स्कारपियोलाई र विपरीत दिशाबाट आइरहेको प्रदेश २–ं०२–००१च ००४५ नेपाली नम्बरको महिन्द्रा पिकअप गाडीले ठक्कर दिँदा भारतीय नम्बरको गाडीमा सवार३ जना घाइते भएका थिए ।

ठक्कर दिएर घटनास्थलबाट भाग्ने क्रममा प्रहरीले नेपाली नम्बरको पिकअपका चालकसहित २ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि ठक्कर दिने चालकसंग बयान लिँदा उनी ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा आइतबार बुझाएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

०७२ साल भदौं २५ गते प्रेम विकले दिएको जाहेरी दर्ता भइ यादवमाथिको कर्तव्य ज्यानको अदालतमा मुल्तवीमा रहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार