Logo

१७ असार, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले विभिन्न मिति र ठाउँबाट पक्राउ गरेका २८ लाख बढीको समान वीरगञ्ज भन्सार दाखिला गरेको छ ।

प्रहरी सीमा सुरक्षा वीरगञ्जबाट खटिएको चेक्वाईन्ट तथा मोवाईल टोलीले विभिन्न स्थान र मितिमा बरामद गरेको भन्सार छलिका सामान वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको हो ।

सशस्त्र प्रहरीले वीरगञ्ज १६ को विभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा एउटा अटो सहित २१ लाख ६३ हजार ४ सय ६० मुल्य बराबरको समान शनिबार पक्राउ गरेको थियो ।

ना १ ह ९९६० नंम्बरको अटोमा भन्सार छलि गरेर ल्याईका किराना सामान, कपडा, मोवाईलको डिस्प्ले, मोटरपार्टस तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको हो ।

यसैगरी गस्तीमा खेटेका मोवाईल टोलिले अलौ नाकाहरुबाट भारतबाट अवैध रुपमा भन्सार छलीका १ लाख १७ हजार ६० रुपैया बराबरको सामान पक्राउ गरेको छ ।

भारतबाट लुकाईछिपाई ना.२१ प.९६२७ र ना.१७ प. ६९२१ न.को दुई वटा मोटरसाईकलहरुमा भन्सार छलिका किराना समान र कपडा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

२ वटा मोटरसाईकल सहित सामानको ७ लाख १७ हजार ६० रुपैया बराबर मुल्यांकनसहित भन्सार दाखिला गरिएको सीमा सुरक्षा बलले गुल्म अलौंले जनाएको छ ।

अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बिरगंज.– २ भगुवाबाट ९० हजारको सामान र सिर्सिया नाकाबाट एक मोटरसाईकल सहित भारतबाट १ लाख २८ हजार बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उक्त मोटरसाईकलको नम्बर बिआर ०५ टी २६९१ रहेको र सोबाट कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको सवारी सहित सामानलाई आवश्यक कारावाहीका लागी वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार