Logo

१७ असार,वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । वीरगञ्जसंग सीमा जोडिएको गण्डकचोकमा एस्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा महानगरको वडा नम्बर २८ की ३५ वर्षीया गीता देबी रहेकी छन् । परवानीपुरबाट बीरगन्जतर्फ आइतबार साँझ आउँदै गरेको मधेश प्रदेशको ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले ठक्कर दिँदा देबी गम्भीर घाइते भएकी पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने चालकलाई थप अनुसन्धानको लागि बारा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।


सम्बन्धित समाचार