Logo

१७ असार,वीरगञ्ज ।वीरगञ्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैँकको शाखामा आज साँझदेखि आगलागी सुरु भएको हो ।

बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दिपक भारतीले बताए । उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ ।


सम्बन्धित समाचार