Logo

१८असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन्। बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए। उक्त बैठकले संसद् फेस गरेर विश्वासको मत लिने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै तत्काललाई नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको छ। संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

 


सम्बन्धित समाचार