Logo

१८ असार,वीरगञ्ज । बारामा खोलामा आएको बाढीले बगाएर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको निजगढ नगरपालिकामा बाढीले बगाएर गोठालो गएकी एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर १३ बेसीगाउँकी ४० वर्षकी माईलीमाया वाईवा रहेकी छन् ।

पशु चराउन गएकी उनलाई घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । उनको शव वडा नम्बर १३ स्थित बुङ्ग्जोर नजिकैको खोला बगरमा फेला परेको थियो ।

शनिबारदेखि सम्पर्कविहिन बनेकी वाईवाको शव स्थानीयले देखेर प्रहरीलाई खबर गराएका थिए ।


सम्बन्धित समाचार