Logo

१८ असार,वीरगञ्ज । संस्थागत विद्यालयहरुको संगठन प्याब्सनले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वीरगन्जको क्लासिक वंक्वेटमा सम्पन्न प्रतियोगिताको विभिन्न छ समूहमा प्रतिस्पर्धा गरेको गौतम माविले दुई समूहमा प्रथम र एउटा समूहमा दोश्रो स्थान हासिल गरेको छ ।

गौतम मावि ए र सी समूहमा पहिलो स्थान हासिल गरेको छ । समूह ए मा नवोदिप एकेडेमीले दोश्रो स्थान र ज्ञानज्योती मावि तेश्रो स्थान हासिल गरेको छ । मनकामना माविले सान्त्वना पुरस्कार पाएको छ । त्यस्तै बी समूहमा अल्पाईन मावि प्रथम, ज्ञानज्योती मावि दोश्रो र गुरुकुल एकेडेमी तेश्रो भएका छन् ।

वीरगन्ज पब्लिक स्कुलले स्वान्त्वना स्थान हासिल गरेका छन् । त्यस्तै सी समूहमा गौतम मावि प्रथम, एस आर ग्यालेक्सी मावि दोश्रो, साउथजोन मावि तेश्रो र गुरुकुल एकेडेमीले सान्त्वना पुरस्कार पाएको छ । डी समूहमा मनकामना मावि प्रथम, साउथजोन मावि दोश्रो, रोयल एकेडेमी तेश्रो तथा मस्कोट एकेडेमीले सान्त्वना पुरस्कार पाएको छ ।

समूह इमा साउथजोन मावि प्रथम, गौतम मावि दोश्रो, डिएभी आरबि केडियो मावि तेश्रो र एसआर ग्यालेक्सी माविले सान्त्वना स्थान हासिल गरेका छन् । सहभागी मध्य समग्र प्रतियोगितामा प्राप्त गरेको संख्याको आधारमा गौतम माविले प्रतियोगिताको बेष्ट स्कुल अफ आर्टको उपाधि पाएको छ ।

गौतम माविले दुई समूहमा पहिलो स्थान ल्याएर ४० अंक प्राप्त गरेको थियो । त्यस्तै एउटा समूहमा दोश्रो स्थान ल्याएर १५ अंक गरी सबैभन्दा बढी ५५ अंक ल्याएर बेष्ट स्कुल अफ आर्टको उपाधि पाएको प्रतियोगिताका संयोजक साउथजोन माविका प्रधानाध्यापक सरोज चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, सामाजिक अभियन्ता प्रकाश थारु, मानवसेवा आश्रम मधेस प्रदेश संयोजक देवेश गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका प्रवक्ता तथा साउथजोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गर्नुभएको थियो । चित्रकला प्रतियोगितामा प्याब्सनमा आवद्ध २९ वटा विद्यालयका २३९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

नर्सरीदेखि कक्षा १२ सम्मकै विद्यार्थीहरुको विभिन्न ६ वटा समूह बनाएर प्रतिस्पर्धा गराईएको प्रतियोगिता संयोजक सरोज चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा चित्रकलालाई नै पेशा बनाएर लामो समयदेखि कार्यरत रहदै आउनु भएका चितवन नारायणगढका प्रकाश थापा र टोम बहादुर पुन निर्णायकको भूमिकामा रहनुभएको थियो ।


सम्बन्धित समाचार