Logo

१८ असार,वीरगञ्ज । अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो ।

आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ । वर्षाका कारण मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रसहित जनकपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायु सुदूरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाडतिर उक्लिँदै गएको मौसमविद्ले बताएका छन् ।


सम्बन्धित समाचार