Logo

१९ असार, बारा । बाराको कलैया स्थित रामराजा बहुमखी क्याम्पस प्रमुख हत्या प्रकरणमा थप एक जना पक्राउ गरेका छन् ।

हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको दुई थान पेस्तोल र एक थान गोलीसहित बारागढी गाउपालिका ४ पथरा टोल निवासी ५२ वर्षीय हरिन्द्र महरा चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेष्ठ ३२ मा बाराको आदर्शकोतवाल गाउपालिका २ खजुरीया निवासी रामराजा क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख ४० वर्षीय हरि भुषण प्रसाद कुशवाहाको गोलि हानी हत्या भएको थियो ।

घटना अनुसन्धानको क्रममा चमारले आफ्नो घर भन्दा करिव दुई सय मिटर टाँढा रहेको बारीमा दुई थान पेस्तोल र एक थान गोली राखेको प्रहीले फेला पारेको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

चमार पक्राउ परेसँगै यस घटनामा ८ आरोपी पक्राउ परेको र उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । यसअघि प्रहरीले क्याम्पस प्रमुख कुशवाहको हत्या अभियोगमा ७ जनालाई पक्राउ गरेको थियो ।

त्यसबेला प्रहरीले घटनामा प्रयोग गरिएका तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको थियो । उनीहरूमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट मंगलबारबाट लागू हुने गरी ६ दिनको म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । तर यस घटनाका मुख्य अभियुक्त भने अझै फरार छन् । गोली हानेर हत्या गरिएको आज २० दिन पुग्यो ।

गोली लागे लगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर मुख्य आरोपी बारे जानकारी दिएपनि उनलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

घटनाको मुख्य अभियुक्त मानिने सुरेन्द्र कुशवाहा घटना भएकै दिन देखि छिमेकी मुलुक भारतमा भागेको जानकारी पाएको प्रहरी प्रवक्ता न्यौपानेले बताए । मुख्य अभियुक्त सुरेन्द्र कुशवाह सहित घटनामा सम्लग्न अन्य फरार प्रतिवादीहरुको पनि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

यो पनि पढ्नुहोस् :

बाराका कुश्वाहा हत्या प्रकरण : मुख्य अभियुक्त किन पक्राउ पर्न सकेका छैनन्, के भन्छन् प्रहरी ?


सम्बन्धित समाचार