Logo

१९ असार, वीरगञ्ज । वीरगञ्जमा एक दिने आँखा स्वास्थ्य सम्बन्धि अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ ।

मधेस प्रदेशमा कार्यरत दृष्टी विशेषज्ञहरुको आयोजनामा आगामी असार २२ गते उक्त सम्मेलन हुन लागेको हो । नेपाल नेशनल अव्थालमिक कन्फेरेन्स भने नाम दिइएको आयोजक समितिका सचिव वरिष्ट दृष्टि विशेषज्ञ डा. वसन्त पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा आँखा स्वास्थ्यको क्षेत्रमा अहिले सम्म विश्वमा भए गरेका उपचार विधिहरु, खोज अनुसन्धानको बारेमा नेपाल तथा छिमेकी मुलुक भारतमा कार्यरत वरिष्ट विशेषज्ञ डाक्टरहरुवाट आ आफ्नो क्षेत्रको अनुभव आदान प्रदान गरिने छ ।

यसका साथै उपचारको क्षेत्रमा आ–आफ्नो क्षेत्रको खोज अनुसन्धानको वारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

नेपाल तथा छिमेकी मुलुक भारतमा हाल सम्म अपनाइएको आँखा रोगको उपचार विधिहरु, विश्वमा भईरहेका नयाँ नयाँ उपचार पद्धति, शैल्यक्रिया, आँखा सम्वन्धि विभिन्न व्यायाम, समुदायमा गर्न सकिने आँखा सम्वन्धि जनचेतनामुलक कार्यक्रम लगायत कम मेहनत र कम खर्चमा आँखा सम्वन्धि समस्याको सजिलै निराकरण गर्न सकिने जस्ता विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

कार्यक्रमको सबै तयारी पूरा भईसकेको भन्दै उनले कार्यक्रममा नेपाल तथा भारतबाट गरी ३ सय जनाको उपस्थिति रहने जानकारी गराए ।


सम्बन्धित समाचार