Logo

१९ असार,काठमाडौं । रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनले बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा टेप टाँसेर बसेका हुन् ।
रास्वपामा उनले ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकमा उनले मुखमा टेप टाँसेर बसेका हुन् ।

पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुनेछ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टी आगामी निर्वाचनमा सानो आकारमा खुम्चिने बताएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होइन बालेन साहसँग नजिक रहनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

 


सम्बन्धित समाचार