Logo

२० असार,काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्तिको दुई दिने विस्तारित बैठक राजधानीमा बिहीबारदेखि शुरु भएको छ।

असारदेखि कात्तिकसम्म आन्तरिक तयारीमा जुट्ने र आगामी मंसिरदेखि निर्णायक आन्दोलनमा जाने विषयमा छलफल गर्न विस्तारित बैठक बोलाइएको हो।

बैठकलाई सम्बोधन गर्दै संयोजक राजेन्द्र महतोले यो एक नश्लीय राज्यसत्ताले जनताको विश्वास गुमाइसकेको हुनाले आफूहरुको लागि यो समय अनुकुल भएको दावी गरे।

अब आफूहरु यो पाँच महिना जनतामा जाने, अभियान चलाउने, जनतामा आफ्नो प्रभाव र विश्वास बढाउने काममा लाग्ने तथा मंसिर महिनादेखि निर्णायक आन्दोलनमा जाने बताए।

सो वैठकमा बुद्ध छिरिङ मोक्तान, केशव झा, डा. राजिव झा, सि.एन.थारु, आर.के.तामाङ, सुमन सायमी, कमला गुरुङ, जुनतारा मगर, रविन्द्र श्रेष्ठ, सन्तोष मेहतालगायतको उपस्थिति रहेको छ।


सम्बन्धित समाचार