Logo

२० असार,काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


सम्बन्धित समाचार