Logo

२० असार,वीरगञ्ज । धनुषाको धनौजीमा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ।

धनौजी गाउँपालिका ५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको हो। मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका छन्।

डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु धनुषा प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 


सम्बन्धित समाचार