Logo

२० असार,वीरगञ्ज । बिरगंज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँको जनता सडकमा बर्सौदेखिको खाडल मर्मत नहुँदा सो सडक भएर हिड्ने हरुले सस्ती भोग्नुपरेको छ ।

जितपुर, टेढा मिलनचौक, बडनिहार, मनवा हुन्दै रङ्गपुरसम्म अति ब्यस्त सडकको टेढा गाउँको विभिन्न स्थानमा कालो पत्रे भत्किएर ठुला ठुला खाडल पर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको छ ।

बर्सेनि सडकको ठाउँ ठाउँमा खाडल पर्दा आवत जावतमै समस्या हुने गरेको सवारी चालक तथा यात्रुहरुले गुनासो गरेका छन् । सडकको अवस्था दयनीय भएपनि बिरगंज महानगरपालिका कार्यालय र सडक बिभागले चासो नदिएको स्थानीय बसिर अन्सारीले गुनासो गर्नुभयो ।

उहाँका अनुसार कालो पत्रे भत्किएर खाडल पर्दा समेत सम्बन्धित निकायले चासो नदिएको र बर्सेनि सो सडक भएर आवत जावत गर्ने हरुले सास्ती भोग्नुपरेको बताएका छन् ।


सम्बन्धित समाचार