Logo

२१ असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् । यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।


सम्बन्धित समाचार