Logo

२१ असार,वीरगञ्ज । मधेश प्रदेश सभाको बैठक भोली बिहान फेरी बस्ने भएको छ । राजस्व र व्ययको अनुमानमाथिको सामान्य छलफलका लागि आह्वान गरिएको आजको बैठकमा केही सांसदहरुले आफ्ना धारणा राखेपछिसभामुख रामचन्द्र मण्डलले भोलीसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

राजस्व र व्ययमको अनुमानमाथिको छलफल जारी रहने जानकारी गराउदै भोली बिहान ११ बजेका लागि स्थगित भएको घोषणा गर्नुभएको हो । यसअघि आज बोलाईएको बैठकको शुरुवातमा विपक्षी दलहरुको अवरोधका कारण बैठक बस्न ढिलाई भएको थियो ।

विपक्षी दलको अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि स्थगित गर्नुभएको बैठक झण्डै पौने १ घण्टापछि मात्र सुरु भएको हो । बैठकमा बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरुले सदनको बैठकमा विरोध जनाएपछि केहीबेर संसद अवरुद्ध भएको थियो ।

आगामी आर्थिक वर्षको लागि जारी गरिएको रेडबुकमा नै पुनर्लेखनको माग गर्दै ४ वटा विपक्षी दलले सदनको बैठक अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । प्रदेश सभामा विपक्षी दलहरु कांग्रेस, जसपा, लोसपा र राप्रपाले आगामी आर्थिक वर्षको बजेटमा संशोधनको माग गर्दै विरोध जनाएका थिए ।

 


सम्बन्धित समाचार