Logo

२१ असार,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकारलाई विश्वासको मत दिन एमालेले आफ्ना प्रदेश सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सदनबाट शनिबार लिन लागिएको विश्वासको मतको पक्षमा उभिन एमालेले ह्वीप लगाएको छ । एमाले संसदीय दलका नेता सरोज कुमार यादवले भोली लिन लागिएको विश्वासको मतका लागि सदनमा उपस्थित हुन ह्वीप जारी गरिएको पुष्टि गरे ।

उनका अनुसार त्यसका लागि सबै प्रदेश सांसदहरुलाई सूचना जारी गर्दै भोली हुने विश्वासको मतमा अनिवार्य सहभागी हुन भनिएको छ । एमालेको केन्द्रीय निर्णय अनुसार मधेश प्रदेशमा मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरु कडा निर्देशनसमेत दिइएको उनी बताउँछन् ।

गएको २५ प्रदेश प्रमुखको कार्यालयले जनमत पार्टीका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखको कार्यालयबाट नियुक्तको ३० भित्र विश्वासको मत लिनुपर्छ । उक्त प्रावधान बमोजिम मुख्यमन्त्री सिंहले भोली विश्वासको मत लिन लागेका हुन ।


सम्बन्धित समाचार