Logo

२२ असार, बारा । बाराको सिमरामा  लघुउद्यमी र बित्तिय सेवा प्रदायक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको उद्यम बिकास शाखाले गरिबी निवारणकोलागि लघु उद्यम कार्यक्रम (मेडपा) मार्फत आबद्ध उद्यमी र बित्तिय संस्थाका प्रबन्धकबिच शुक्रबार अन्तरक्रिया गरिएको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।

सिप सिकेका उद्यमीहरुलाई ब्यवसाय सुरु र गरिरहेका ब्यवसाय बिस्तारकोलागि अर्थ(पैसा)को आवश्यक्ता पर्दछ । सोको ब्यवस्थापनकोलागि बित्तीय संस्थासँग सहज पहुँच बनाउँन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बरिष्ठ उद्यम सहजकर्ता रायले बताए ।

बैँक तथा बित्तिय संस्थाका प्रबन्धकहरुले सिप र क्षमता अनुसारको ब्यवसायलाई सफल बनाउँनकालागि प्रक्रिया पुरा गरेर आएको खण्डमा उद्यमीलाई कर्जा उपलब्ध गराउँन तयार रहेको ज्योती बिकास बैँक सिमराका प्रबन्धक भरत अचार्यले बताएका थिए ।

एउटा उदेश्यकोलागि ऋण लिएर अन्य उदेश्यको काम गर्नु पनि गैह«कानुनी हो । त्यसैले यस्ता कार्य गर्न नहुने उनले सुझाव दिएका थिए । बैँक तथा बित्तिय संस्थाका प्रबन्धकहरुले नेपाल सरकारले सहुलियत दरमा दिने लघु उद्यमी कर्जा हालकोलागि रोकिएको जानकारी दिएका थिए ।

लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्यमीहरुलाई सिप बिकास तथा क्षमता बिकासका लागि निरन्तर उनिहरुको बिकासे तालिमका लागि नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताए ।

अन्तरक्रिया सम्पन्न पश्चात उद्यमीहरुको भनाई अनुसार आगामी दिनमा पनि क्षमता वृद्धिका लागि सीप सिकाई आय आर्जन गर्न सहज पुर्याउनको लागि यस्ता कार्यक्रमहरु ल्याउँदै जाने नगरप्रमुख पौडेलले बताए ।

लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रममा लघु उद्यमीहरुले उठाएको प्रश्नको जवाफ ज्योती बिकाश बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य ,हातेमालो बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक महेश ढुङेल ,हिमाल एभरेष्ट ईन्सुरेन्सका सिमरा प्रबन्धक श्रीराम रेग्मीले जवाफ दिएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य प्रभावती देवि पासवानको सभाध्यक्षतामा भएको कार्यक्रममा मेडपा कार्यक्रम संयोजक समितिका सदस्य रिना बजगाई लगायत विभिन्न बैँक ,सहकारी तथा लघु बित्तिय संस्था र लघु उद्यमीहरुको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार