Logo

२२ असार, वीरगन्ज। बीरगंज महानगरपालिका वडा नं. २५ ड्राईपोट चौकदेखि परवानीपुरजाने बाटोसम्म आज वृक्षारोपण गरिएको छ ।

गहवामाईको दोस्रो रथ यात्राको अवसरमा वीरगन्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार बिरगंजको संयुक्त आयोजनामा बृहत बृक्षारोपण गरिएको हो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति भरतपुर चितवनको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको उपस्थितिमा बिभिन्न प्रजातिका नौ सय विरुवाहरु रोपिएको ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

वृक्षारोपणमा भारतीय महानवाणिज्य दूतावासका वाणिज्य दूत देवी सहाय मिणा, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा, नेशनल मेडिकल कलेजका चाँद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार