Logo

२२ असार,वीरगञ्ज । मुख्यमन्त्री सतिस सिंहले आजको सदनबाट विश्वासको मत पाएका छन् ।

मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले विश्वासको मत पाएको सभामुखको कार्यालयले जनाएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएको घोषणा गरेका छन् ।

प्रदेश सभामा रहेको १०७ सांसदहरुमध्ये ६७ जना सांसदहरुको उनको पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । यसैगरी विपक्षमा ३४ जना सांसदले मतदान गरेको सभामुखको कार्यालयले बताएको छ ।

मुख्यमन्त्री सिंहको पक्षमा कांग्रेस, एमाले, जनमत र लोसपाले मतदान गरेको छ भने माओवादी, जसपा, एकीकृत समाजवादीसहितकाले विपक्षमा मतदान गरेका थिए । गएको २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए ।


सम्बन्धित समाचार