Logo

२२ असार,काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ ।

पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन। पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ।

शनिबार बिहानदेखि मात्रै पाँच वटा राजमार्ग अवरुद्ध छन्। धैरेनीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग,प्यूठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ–लिवाङ–रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन–रिडी–कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।

सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

 

यस्तो छ नदीहरुको हालको अवस्था


सम्बन्धित समाचार